खुला प्रतिस्पर्धा नाम मात्रै ! प्रतिस्पर्धीको अन्तर्वार्ता नहुँदै प्राधिकरण अध्यक्षको नियुक्ति
techpana.com · Tue Jul 14 07:54:11 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रियामा खुला प्रतिस्पर्धाको धज्जी उडाउँदै गम्भीर चलखेल भएको तथ्य फेला परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देखावटी रूपमा प्रतिस्पर्धा को नाटक गरे पनि सबै प्रतिस्पर्धीको अन्तर्वार्ता नसकिँदै मन्त्रीपरिषद्बाट अध्यक्ष नियुक्तिको निर्णय गराइएको खुलेको हो ।
आईटी विज्ञ तथा नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजिव सुब्बा समेत प्राधिकरण अध्यक्षको प्रतिस्पर्धामा बलिया दाबेदार मानिएका थिए । तर, सरकारले उनलाई १९ असारमै निर्वाचन आयुक्त पदमा सिफारिस गरेपछि उनी स्वतः यो प्रतिस्पर्धाबाट बाहिरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)