कीर्तिपुर घटनापछि अस्पताल पुगे महतो, माजिद अन्सारी प्रकरणमा सरकारसँग जवाफ माग
ajakoartha.com · Tue Jul 14 08:28:00 GMT 2026

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको कथित दुव्र्यवहारबाट घाइते भएका युवा अभियन्ता माजिद अन्सारीलाई अस्पतालमै पुगेर भेट गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै महतोले प्रहरीको कुटपिटबाट माजिद अन्सारीको शरीरभरि निलडाम देखिएको दाबी गर्दै उक्त घटनाले राज्यको निरंकुश तथा विभेदकारी चरित्र उजागर गरेको टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)