रास्वपा सचेतकको प्रश्न– आँधीबेहरी सामना गरेर नेपाली प्रेस यहाँ आइपुगेको हो, दुईचार गाडीसँग तर्सिन्छ र ?
shilapatra.com · Tue Jul 14 08:32:40 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै परियारले राजधानीका सञ्चारगृहको मुख्य प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरेर आवतजावत अवरुद्ध पार्ने घटनाको कडा शब्दमा भर्त्सना गरे । सत्यलाई दबाउने उद्देश्यले गरिएको यस्तो प्रयास सफल नहुने उनको भनाइ थियो ।
उनले नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै सञ्चारमाध्यमलाई त्रास सिर्जना गर्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको बताए । 'सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्न खोज्नु जस्तै हो,' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)