संरक्षण पर्खाइमा ताप्लेजुङको चमेरे गुफा
onlinekhabar.com · Tue Jul 14 08:42:03 GMT 2026

३० असार, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमस्थित चमेरे गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । हजारौँको सङ्ख्यामा चमेराको वासस्थान रहेको गुफा पर्यटकीय सम्भावना प्रशस्त भए पनि संरक्षण र प्रचारप्रसारको अभावमा गुमनाम छ ।
सुरुम्खिमको अमटार बस्ती नजिकै रहेको गुफामा वर्षौंदेखि चमेरा बस्दैआएको स्थानीय श्याम तामाङले बताए । उनका अनुसार, दुई दशकअघि जति सङ्ख्यामा चमेरा देखिन्थे, अहिले पनि उही सङ्ख्यामा रहेको पाइन्छ । त्यस गुफाको प्रचारप्रसारसँगै संरक्षण हुनसके त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयको भनाइछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)