अमेरिका र इरानका अधिकारीबीच दोहामा वार्ता
nepalviews.com · Thu Jul 02 01:18:57 GMT 2026

एजेन्सी । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानका अधिकारीबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ। वार्ताबारे जानकारी राख्ने एक कूटनीतिज्ञका अनुसार अमेरिका र इरानका प्रतिनिधिले बुधबार कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा प्राविधिकस्तरको अप्रत्यक्ष छलफल गरेका हुन्।
संवेदनशील विषय भएकाले ती कूटनीतिज्ञले आफ्नो नाम सार्वजनिक गर्न नचाहेको जनाइएको छ। उनका अनुसार दोहा वार्ता हालै स्विट्जरल्याण्डको लेक लुसर्नमा भएको छलफलबाट प्राप्त प्रगति र दुवै पक्षले जुन महिनामा स्वीकृत गरेको वार्ता ढाँचामा आधारित रहेको छ। अमेरिकी प्रतिनिधि जारेड कुशनर र स्टीभ विटकफले मङ्गलबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटवार्ता गरे पनि प्राविधिक छलफलमा सहभागी नरहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)