बैंकहरूको निक्षेप ८२ खर्ब पुग्यो, ऋण दिन मिल्ने रकम १५ खर्ब
corporatenepal.com · Tue Jul 14 09:19:36 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप पहिलो पटक ८२ खर्ब रूपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार २४ गते सम्मको तथ्यांकले बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप सो विन्दुमा पुगेको देखाएको हो ।
असार २४ गते बैंकहरुमा कुल ८२ खर्ब पाँच अर्ब रूपियाँ निक्षेप छ । त्यसमा वाणिज्य बैंकमा मात्रै ७४ खर्ब ६ अर्ब रूपियाँ निक्षेप छ । अन्य बैंक तथा वित्तीय संस्थामा सात खर्ब ९९ अर्ब रूपियाँ निक्षेप छ । बढ्दो रेमिट्यान्स लगायतका कारण बैँकहरूमा निक्षेप बढ्दो क्रममा छ । त्यसपछि आर्थिक वर्षान्तका कारण सरकारले उच्च खर्च गर्दा पनि बैंकमा निक्षेप ह्वात्तै बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)