सेयर बजार र कारोबार रकम दुवै बढ्यो
baahrakhari.com · Tue Jul 14 09:27:55 GMT 2026

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार (असार ३०)को कारोबारमा बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो कारोबारमा ६.११ अंकले बढेको हो । यसअघिका चार कारोबारमा नेप्से ८१ अंकले घटेको थियो ।
योसँगै बजार मापक २५७६.२९ विन्दुमा उक्लिएको छ । १६४ कम्पनीको सेयर मूल्य बढेको छ । १०१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)