दुई विधेयक दफावार छलफलका लागि पठाइयो समितिमा
hamrakura.com · Tue Jul 14 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। मन्त्री गौतमले सुरुमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई समितिमा पठाउन प्रस्ताव गरेकी थिइन्, जसलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सदनले सर्वसम्मतिले स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)