जलवायुजन्य विपद् व्यवस्थापनमा दलहरूको घोषणापत्र : प्रतिबद्धताको थुप्रो, मार्गचित्रको अभाव
nepalpress.com · Tue Jul 14 10:12:21 GMT 2026

नेपालको भूगोलले हामीलाई विश्वकै जलवायु–संवेदनशील मुलुकको अग्रपंक्तिमा उभ्याएको छ। उत्तरका पग्लिँदै गरेका हिमाल, बीचका भिरालो पहाड र दक्षिणका डुबानग्रस्त फाँट – जलवायु परिवर्तन यहाँ कुनै अमूर्त कथा होइन, दैनिक जीवनको कठोर यथार्थ हो। सन् २०२४ को असोजमा काठमाडौंले ५४ वर्षकै उच्च वर्षा (त्रिभुवन विमानस्थलमा २४ घण्टामा २३९.७ मिलिमिटर) झेल्दा देशभर २४४ भन्दा बढी नागरिकको ज्यान गयो। असोज २०८२ मा इलामको पहिरो र कोशी–बागमतीको बाढीले फेरि दर्जनौंको ज्यान लियो; NDRRMA का अनुसार वैशाखयता छ महिनामै विपद्जन्य घटनामा २८५ भन्दा बढीको मृत्यु भयो।
२०८२ फागुनको प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरूले जलवायु र विपद्लाई घोषणापत्रमा समेटे। तर मूल प्रश्न यथावत् छ: के हाम्रा दलहरू “राहतको राजनीति”बाट माथि उठेर “जोखिम न्यूनीकरणको रणनीति”मा पुगे?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)