पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
nagariknews.nagariknetwork.com · Tue Jul 14 10:16:58 GMT 2026

नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ। सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारणसाँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो।
ती सबै स्थानमा झरेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे जानकारी दिनुभयो । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)