बाजुरा–हुम्ला विवाद : १० जना पुर्पक्षका लागि थुनामा, आठ जना जनही दुई लाख धरौटीमा रिहा
shilapatra.com · Tue Jul 14 10:24:41 GMT 2026

बाजुरा-हुम्ला विवाद घटनामा पक्राउ परेका १० जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बाजुरा जिल्ला अदालतको थुनछेक बहसपछि घटनामा पक्राउ परेका २१ मध्ये १० जनालाई थुनामा राख्न आदेश भएको हो । यसैगरी, आठ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ । अन्य तीन जनालाई भने साधारण तारेखमा छाड्न आदेश भएको अदालतका स्रेस्तेदार शंकरप्रसाद अधिकारीले बताए ।
हुम्लाका देवराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शङ्कर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । यस्तै, मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजङ्ग जेठारा र ज्ञानेन्द्र छत्याललाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)