ट्राफिक नियम उल्लंघनमा ५० हजार रुपैयाँ जरिवाना हुँदैन : मन्त्री लम्साल Samsung
barnanmedia.com · Tue Jul 14 10:38:23 GMT 2026

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गरे ५० हजार रुपैयाँ जरिवाना लाग्ने भन्ने कुरा भ्रम मात्र भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री लम्सालले ट्राफिक जरिवानाका विषयमा बाहिर आएजस्तो तत्कालै ५० हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था हाल नरहेको स्पष्ट पारे । उनले वास्तविक नियमबारे प्रष्ट पार्दै भने, ‘सामान्य अवस्थामा नियम उल्लंघन गर्दा ५०० रुपैयाँ जरिवाना लाग्ने हो । तर, कसैले पटक–पटक सोही गल्ती दोहोर्याइरहन्छ भने मात्र जरिवाना रकम बढ्दै गएर अधिकतम ५० हजार रुपैयाँसम्म पुग्न सक्छ। यसलाई एकैपटक ५० हजार जरिवाना तोकिएको जसरी भ्रम फैलाइयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)