ट्राफिक जरिबाना ‘श्रमदान’ बाट तिर्न मिल्ने कानुनी व्यवस्था गर्दैछौं: मन्त्री लम्साल
nagariknews.nagariknetwork.com · Tue Jul 14 10:40:18 GMT 2026

पूर्वाधारमन्त्री सुनिल लम्सालले सवारी नियम उल्लंघनबापतको जरिबाना रकम श्रमदान मार्फत तिर्न सकिने गरी नयाँ कानुनी व्यवस्था गर्न लागिएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री लम्सालले हाल तयारी भइरहेको विधेयकमा यस्तो नवीनतम व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएका हुन्।