राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबीच बैंकिङ सेवा सम्बन्धी सम्झौता
arthadabali.com · Tue Jul 14 11:08:04 GMT 2026

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश अस्पताल, वीरेन्द्रनगर–सुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सोमबार सम्पन्न सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले अस्पतालका कर्मचारीलाई तलबी बचत खाता सञ्चालन, पेशाकर्मी सरल कर्जा तथा सहुलियत दरमा अन्य विभिन्न बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)