फ्याक्टचेक: गणेश नेपालीको ह*त्यारा हर्क साम्पाङ भन्दै प्रदर्शनकारीले प्लेकार्ड बोकेका होइनन्, भाइरल भिडिओ एआई निर्मित
techpana.com · Tue Jul 14 11:25:55 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको मृत्युपछि आन्दोलन उत्रिएका प्रदर्शनकारीको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘ गणेश नेपालीको हत्यारा हर्के साम्पाइ हो ।’ लेखिएको प्लेकार्ड प्रदर्शनका क्रममा रहेको एक युवतीले बोकिरहेको भिडिओ भाइरल भएको हो ।
तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानका क्रममा सामाजिक सञ्जालमा भाइरल उक्त प्लेकार्ड एआई निर्मित रहेको पाइएको छ । शुक्रबार माइतीघरमा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार’ भन्दै प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । सोही क्रममा एक युवतीले ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लेखिएको प्लेकार्ड बोकेकी थिइन् । तर, सो प्लेकार्डमा लेखिएका कुरालाई एआईबाट परिवर्तन गरेर बालेन सरकारको सट्टामा ‘हर्क साम्पाङ’ जस्तो देखिने गरी राखेर भ्रम फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)