पर्यटक लोभ्याउने ‘ठूली दह’
ratopati.com · Tue Jul 14 11:28:49 GMT 2026

रुकुमपश्चिम। मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। घनाजङ्गलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ।
मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न जाने पर्यटकको रोजाइमा पर्न थालेको छ। रुकुमपश्चिमका विभिन्न स्थानबाट मात्रै होइन, छिमेकी जिल्ला रुकुमपूर्वबाट समेत मानिस त्यहाँ पुग्ने गरेका छन् । विशेषगरी युवापुस्ता, विद्यार्थी, प्रकृतिप्रेमी तथा परिवारसहित घुम्न पुग्नेको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)