माङसेबुङको बेसार : आफ्नै ब्राण्ड र प्रशोधन केन्द्रले फेरिँदै किसानको दैनिकी
nepalsamaya.com · Tue Jul 14 11:33:44 GMT 2026
इलाम। इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका किसान रामभक्त निरौलाले यसवर्ष १०० केजी बीउ बेसार रोपेका छन्। केही वर्षअघिसम्म घरायसी मसलाको रुपमा मात्र प्रयोग गर्न बेसार रोप्दै आएका निरौलाले करिब तीन रोपनी खेतीयोग्य जमिनमा बेसारखेती गरेका हुन्।
स्थानीय ‘गजुरमुखी महिला बहुउद्दश्यीय सहकारी संस्था’ले बेसारको बीउ निःशुल्क उपलब्ध गराउने र उत्पादन समेत सहकारी संस्थाले नै खरिद गर्न थालेपछि निरौलाले व्यावसायिक बेसार खेती सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)