‘आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन्’ : पूर्वाधारमन्त्री लम्साल
kalakarmi.com · Tue Jul 14 11:41:59 GMT 2026

काठमाडौं- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समयदेखिका आर्थिक, सामाजिक र न्यायसँग जोडिएका समस्याको परिणाम भएको बताएका छन्। उनले यस्ता घटनाले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लम्सालले भौतिक पूर्वाधार मन्त्रालयमा पनि भुक्तानी नपाएको, ठेकेदारबाट पीडित भएको, मजदुरले पारिश्रमिक नपाएको लगायतका गुनासो नियमित आउने गरेको बताए । उनले निर्माण व्यवसायी, आपूर्तिकर्ता र मजदुरहरू आर्थिक समस्यामा परेको उल्लेख गरे । उनले विगत केही वर्षयता देखिएको आर्थिक समस्या र असन्तुलनको एउटा कारण सार्वजनिक खरिद प्रक्रियामा भएको अत्यधिक प्रतिस्पर्धा रहेको दावी गरे । लो बिडिङका कारण निर्माण व्यवसायी, आपूर्तिकर्ता, मजदुर र समग्र बजार प्रभावित भएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)