सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
ratopati.com · Tue Jul 14 11:51:14 GMT 2026

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कानुनमै व्यवस्था हुने गरी छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।
महासंघले मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सम्बोधन गरिएको सवारी दुर्घटना बीमा व्यवस्थालाई थप प्रभावकारी बनाउन कानुनी व्यवस्था आवश्यक रहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)