ड्यूटीमा फर्कियो महानगर प्रहरी, विष्णु जोशी भन्छन्- हामी दायित्वबाट वञ्चित हुँदैनौँ
nepalpress.com · Tue Jul 14 11:57:20 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी आजदेखि फिल्डमा ड्युटीमा निस्किएका छन् । गणेश नेपालीको मृत्यु प्रकरणपछि असुरक्षाका कारण उनीहरू बाहिर निस्कन सकेका थिएनन् ।
नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले महानगर प्रहरीलाई पूर्णरूपमा परिचालन गरिएको जानकारी दिए । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्वीललक लगाएको विषयमा विवाद भएपछि गणेश नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)