सरकारकै आयु छोट्याउँदै छन् बालेनका सारथी
baahrakhari.com · Tue Jul 14 11:56:00 GMT 2026
प्रधानमन्त्री निवास बालुवाटारको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू जसले पुराना सरकारका ताउरमाउर देखेका थिए तिनीहरू अहिले अचम्म छन् । बालुवाटारको प्रधानमन्त्री निवासमा यस्तो सुनसान यसअघि उनीहरूले कहिल्यै देखेका थिएनन् । पाँच बजेपछि न कोही बालुवाटार पुग्छन् न प्रधानमन्त्रीले कसैलाई बोलाउँछन् ।
प्रधानमन्त्री बालेन्द्र शाह धेरैपछि त्यस्ता प्रधानमन्त्री भएका छन् जो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर बिहान नौ बजेदेखि पाँच बजेसम्म काम गर्छन् । करिब पाँच साढे पाँच बजे कार्यालय समयपछि बालुवाटार निवास छिर्छन् र भोलिपल्ट बिहान करिब नौ बजे पुनः कार्यालय जाने समयअघि अधिकांश समय बालुवाटारको ढोका खुलेको हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)