उपराष्ट्रपति यादव कतार प्रस्थान
barnanmedia.com · Tue Jul 14 12:15:18 GMT 2026

उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना सन्देश लिएर उपराष्ट्रपति यादव कतार गएका हुन् । कतारका वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधन भएपछि नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न उनी कतार प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)