गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
ratopati.com · Tue Jul 14 12:25:54 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई पुनः फिल्डमा परिचालन गरेको छ। नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले नगर प्रहरीले मंगलबारदेखि आफ्नो ड्युटी सुरु गर्न थालेको बताए।
महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनेका उपचारका क्रममा मृत्यु भएको थियो । नेपालीको मृत्यु प्रकरणपछि सडकमा नगर प्रहरीमाथि सुरक्षा चुनौती रहेको भन्दै फिल्डमा खटिएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)