विपद्मा उद्धारका लागि प्राधिकरणलाई निजी क्षेत्रको निःशुल्क साथ
nepalsamaya.com · Tue Jul 14 12:32:42 GMT 2026

काठमाडौं। विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्वारका लागि प्रयोग हुने गरी हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा संचालक संघ, नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा) बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
आज प्राधिकरणमा आयोजित एक कार्यक्रममा यी तीन वटा संस्था र प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। वायुसेवा संचालक संघ, नेपालसँगको समझदारी अनुसार काठमाडौं उपत्यकाभित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)