उपराष्ट्रपति यादव कतार प्रस्थान
onlinekhabar.com · Tue Jul 14 12:30:43 GMT 2026

३० असार, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार अपराह्न कतार प्रस्थान गरेका छन् । कतारका पूर्वअमिर शेखहमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतारको तीनदिने औपचारिक भ्रमणमा प्रस्थान गरेका हुन् ।
उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बिदाइ गरे । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)