संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर
nepalnews.com · Tue Jul 14 13:14:54 GMT 2026

काठमाडौँ। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र किर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधानसभाका तीन सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ।
न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले यही २३ असारमा संविधानसभा सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार संविधानसभाका तीन सदस्यलाई जिल्लाले ठहर गरेको जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाडौँले उक्त निर्णय २१ जेठ २०७१ मा सुनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)