सुकुम्बासी समस्या समाधानका लागि संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव लैजान कांग्रेस नीति प्रतिष्ठानको आग्रह
lokaantar.com

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ।
उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको बैठकले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)