विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग सञ्चार मन्त्रालयमा छलफल
corporatenepal.com · Tue Jul 14 13:31:17 GMT 2026

काठमाडौँ । विपद्को समयमा नागरिकसम्म पूर्वसूचना छिटो, भरपर्दो र प्रभावकारी ढङ्गले पुर्याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपतकालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ ।
मन्त्रालयमा आज आयोजित छलफलमा विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘सेल ब्रोडकास्ट’ जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानुनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)