निगमले भाेलिदेखि देशभर एलपी ग्यासकाे भरी सिलिन्डर बेच्ने, मूल्य कति ?
arthadabali.com · Tue Jul 14 13:57:05 GMT 2026

काठमाडौँ / नेपाल आयल निगमले भोलि (असार ३१) देखि देशभर पुनः १४.२ केजी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमले मंगलबार सूचना जारी गर्दै ग्यास आपूर्तिमा सुधार आएपछि साविककै परिमाण र मूल्यमा ग्यास उपलब्ध गराइने जनाएको हो।
यसअघि ग्यास आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै निगमले २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो। तर, इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट लोडिङमा सुधार आउनुका साथै उपभोक्ताबाट १४.२ केजी ग्यासको उच्च माग भएपछि पुनः पुरानै व्यवस्था लागू गरिएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)