दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
nepalsamaya.com · Fri Jun 26 07:18:26 GMT 2026

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानूनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए।
पालिकाले जलविद्युत् र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरु क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानूनी कारबाहीको दायरामा ल्याउने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)