५ महिना पछि भरि सिलिण्डर ग्यास बेच्दै आएलनिगम
arthasansar.com

नेपाल आयल निगमले भोलि देखि भरि सिलिन्डर ग्यास बिक्रि गर्ने भएको छ । इण्डियन आयल कर्पोरेशनका विभिन्न प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङमा सुधार आएको र उपभोक्ताबाट १४.२ केजी सिलिन्डरको माग उच्च रहेको भन्दै निगमले भरि सिलिण्डर ग्यास बिक्रि सुरू गरेको हो । ग्यासको तौल १४.२ केजी हुने छ ।
इरान अमेरिका युद्दको कारण ग्यास आपूर्ति सहज बनाउन निगमले २०८२ फागुन २९ गतेदेखि ७.१ केजीको सिलिन्डरमा ग्यास भरेर बिक्री गर्दै आएको थियो। हाल केही समयका लागि बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर रहन सक्ने भएकाले उपभोक्तालाई खरिद हुनेगरी गर्दा तौल र मूल्य यकिन गरेर मात्र लिन निगमले अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)