टेकनारायणको माेबाइलमा प्रहरीले भेटेको त्यो म्यासेज– नरेन्द्रले पनि आस गर्छ, पाँच लाख फालिदिनुपर्ला
shilapatra.com · Tue Jul 14 14:48:55 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडाैंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई कैद सजाय सुनाएको छ । रायमाझी र खाँणसहित १६ जनालाई जेल तथा जरिवानाको सजाय निर्धारण गरिएको हो ।
२३ असारमा अदालतले प्रतिवादी ३१ जनामध्ये १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए । आठ जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश भएको थियो । अदालतले रायमाझीलाई चार वर्ष र खाँणलाई दुई वर्ष जेल सजाय तोकेको छ । यसका साथै रायमाझीलाई ४० हजार र खाँणलाई २० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।