राष्ट्रपतिले गरे बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
shilapatra.com · Tue Jul 14 15:17:49 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले आज सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)