कर्णालीका वनमा निर्भर समुदायका लागि हरित जलवायु कोषबाट ८५ लाख डलर अनुदान स्वीकृत
hamrakura.com · Thu Jul 02 00:00:00 GMT 2026
काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८ दशमलव ५ मिलियन (८५ लाख) अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले बुधबार ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको विशेष परियोजनालाई अघि बढाउने निर्णय गर्यो।
यो वित्तीय स्वीकृतिसँगै नेपालको जलवायु वित्त यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत यो परियोजना विकास गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)