गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने मधेशका ४१ उद्योगविरुद्ध मुद्दा
shilapatra.com · Wed Jun 10 16:14:29 GMT 2026

जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी खाद्य पदार्थमा मिसावट गर्ने मधेश प्रदेशका ४१ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले अनुगमनका क्रममा संकलन गरिएका नमुनाहरू परीक्षण गर्दा अखाद्य तथा गुणस्तरहीन पदार्थ मिसाएर उत्पादन गरिएको पुष्टि भएपछि सम्बन्धित उद्योगमाथि कानुनी कारबाही अघि बढाएको हो ।
कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार सबैभन्दा बढी अनियमितता पर्सा र बाराका उद्योगहरूमा फेला परेको छ । ती दुई जिल्लाका मात्रै ३८ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)