निर्वाचित संस्थामाथि अनिर्वाचित राजनीतिक सिन्डिकेट किन ?
barnanmedia.com · Wed Sep 02 15:15:04 GMT 2026

विपद्का बेला राज्यलाई सबैभन्दा बढी चाहिने कुरा हो- छिटो निर्णय, स्पष्ट जिम्मेवारी र प्रभावकारी समन्वय । तर यही संवेदनशील समयलाई टेकेर राज्यका निर्वाचित संरचनामाथि अर्को अनिर्वाचित राजनीतिक संरचना खडा गर्ने निर्णय गरिएको छ भने त्यसको औचित्यमाथि प्रश्न उठाउनैपर्छ ।
रास्वपा सभापति रवि लामिछानेले भदौ १६ गते बोलाएको सर्वदलीय बैठकले प्रदेशदेखि स्थानीय तहसम्म ‘सर्वदलीय राजनीतिक संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ । भनिएको छ- यसले स्थानीय सरकार र प्रशासनसँग समन्वय गर्दै विपद् व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनरुत्थानमा सरकारलाई सहजीकरण गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)