‘भू स्वर्ग’ बडीमालिकातर्फ बढ्दै आन्तरिक पर्यटकको आकर्षण
newsofnepal.com · Tue Jul 14 16:56:00 GMT 2026

बाजुरा।
एक समय जनैपूर्णिमाको अवसरमा मात्र तीर्थयात्री र भक्तजनको भीड लाग्ने बाजुराको सुप्रसिद्ध बडीमालिका क्षेत्र पछिल्ला वर्षहरूमा वर्षभरि नै आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ। धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य, २२ पाटनका रंगीचंगी फूल, दुर्लभ जडीबुटी, चराचुरुङ्गी तथा त्रिवेणी धामको आध्यात्मिक महत्त्वले अहिले बडीमालिका नेपालकै प्रमुख पर्वतीय धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी असारदेखि कात्तिकसम्म मौसम अनुकूल हुने भएकाले दैनिक रूपमा दर्जनौँ पर्यटक बडीमालिकाको यात्रा गरिरहेका छन्। स्थानीय पर्यटन व्यवसायीका अनुसार पछिल्लो समय काठमाडौँ, भक्तपुर, पोखरा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायतका विभिन्न स्थानबाट समूह बनाएर पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)