इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
ratopati.com · Tue Jul 14 17:14:03 GMT 2026

काठमाडाैँ । कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबिच उत्तरपूर्वी इटुरी प्रान्तस्थित रुवाम्पारा सामान्य अस्पतालको इबोला उपचार केन्द्रमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मीले दुई महिनादेखिको तलब र भत्ता नपाएको भन्दै हडताल गरेका छन्। यस घटनाले देशको इबोला नियन्त्रण अभियानमा थप चुनौती थपिएको छ।
कङ्गोले गत मे महिनादेखि स्वीकृत उपचार वा खोप उपलब्ध नभएको इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिविरुद्ध सङ्घर्ष गरिरहेको छ । गत साता स्वास्थ्यमन्त्री रोजर कम्बाले सङ्क्रमण थप दुई प्रान्तमा फैलिएको जानकारी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)