गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीको विवरण सङ्कलन सुरु
lokaantar.com

जनकपुरबाट पैदल यात्रा गरी काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ आइपुगेका गृहमन्त्री सुधन गुरुङले पीडित र पीडकको विवरण तत्काल सङ्कलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
निजगढमा आज पीडितको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सोही स्थानबाटै विवरण सङ्कलनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्तिको विवरण सङ्कलन सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)