जग्गा दुरुपयोगः भैरहवा मालपोतका तत्कालीन अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
barnanmedia.com · Wed Sep 02 15:26:01 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन मालपोत अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हदबन्दीमा परेको रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायतको ९ (ख) ७, २९, ३२, ६७, ६८, ९२ र ९४ कित्ताका छुट जग्गा व्यक्तिविशेषको नाममा दर्ता गराएको आरोपमा अख्तियारको छ ।
बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै अख्तियारले तत्कालीन मालपोत अधिकृत कुमार आचार्य, नासुहरू लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्रलाई प्रतिवादी बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)