सुदन किराती समूहलाई ‘चुदुरबुदुर’ नगर्न हर्क साम्पाङको चेतावनी
ratopati.com · Wed Sep 02 15:40:58 GMT 2026

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले आफ्नो पार्टीमा भर्खरै प्रवेश गरेका सुदन किराती नेतृत्वको समूहलाई धेरै चुदुरबुदुर नगर्न चेतावनी दिएका छन् । धरानको स्थानीय मिडियालाई दिएको अन्तर्वार्तामा साम्पाङले पार्टीको मर्यादा र पद्धतिभन्दा बाहिर गएर ‘चुदुरबुदुर’ नगर्न र हतार नगर्न सचेत गराएका हुन् ।
‘उहाँहरू भर्खर आउँदै हुनुहुन्छ, त्यसरी हतार पनि गर्नु हुँदैन । धेरै चुदुरबुदुर गरेको मलाई ठीक लाग्दैन । त्यसले गर्दा कसैले चुदुरबुदुर गरेर न्यूज पनि नबनाइहाल्नु । हरेक कुराको समय हुन्छ,’ साम्पाङले भने, ‘पत्रकारले पनि, राजनीति गर्नेले पनि चुतुरबुतुर गर्नु हुँदैन ।’ उनले पार्टीमा आइसकेपछि एउटा निष्ठा र विधिको पालना हुनुपर्नेमा जोड दिए । ‘उहाँ हामी मिलिसकेपछि निष्ठाका साथ मिल्नुहुन्छ । त्यसरी मिल्नुभएन भने फेरि त्यही हो,’ साम्पाङले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)