एनसेलको १ मोवाइल टावर र ६० किमी बढी अप्टिकल फाइवर पुर्णरुपमा नष्ट
annapurnapost.com · Wed Sep 02 15:39:06 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीले एनसेलको टिमुरे, रसुवामा रहेको एक वटा मोबाइल टावरका साथै ६० किमि भन्दाबढी अप्टिकल फाइवर लाइनमा पुर्णरुपमा क्षति पुर्याएको छ। प्रारम्भिक आंकलन अनुसार, उक्त क्षतिका कारण कम्पनीलाई ९ करोड बढीको आर्थिक हानी भएको छ।
एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको लाभ ३ लाख भन्दाबढी प्रभावित क्षेत्रका ग्राहकहरुले पाउँदै आएका छन्। कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)