‘अनलाइन’ सट्टेबाजीमा संलग्न पक्राउ
lokaantar.com

काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टेबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामाथि रु दुई करोडभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरका सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)