शिखर नगरपालिकाले बाढीपीडितका लागि २२ लाख सहयोग गर्ने
annapurnapost.com · Wed Sep 02 15:45:49 GMT 2026

डोटी : डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा नगरपालिका मातहतका कार्यालय, संघ संस्था, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरू, जनप्रतिनिधि, स्थायी, करार, दैनिक ज्यालादारी कर्मचारीको भदौ महिनाको खाइपाइ आएको तलबबाट १० प्रतिशत रकम करकट्टी गरेर कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)