भोटेकोशी बाढीमा परेकाको उद्धार कार्य जारी
nepalnews.com · Thu Aug 27 06:53:31 GMT 2026

रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीबाट घाइते भएकाहरुको नेपाली सेनासहित सुरक्षा निकायको समन्वयमा उद्धार कार्य जारी रहेको छ। बाढी प्रभावित क्षेत्रबाट आज बिहान ५० को उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जनाको निधन भएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए।
उद्धारमा नेपाली सेनाको दुई, निजी क्षेत्रको हेली कैलाश, एभरेष्ट, हेली फिस्टेल, प्रभ, सिम्रिक, एल्टिच्युड हेलिकप्टर परिचालित भएका छन्। अधिकारीले हालसम्मको विवरणमा २८ नेपाल प्रहरी, दुई नेपाली सेना, १३ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)