बेलारुसद्वारा २८ राजनीतिक बन्दी रिहा
kendrabindu.com · Thu Jul 02 02:30:28 GMT 2026

काठमाडौं । बेलारुसले ‘चरमपन्थी अपराध’मा दोषी ठहर गरिएका २८ जनासहित ३२ जनालाई आममाफी दिएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ। बेलारुसमा ‘चरमपन्थी अपराध’ भन्ने शब्दावली प्रायः राजनीतिक गतिविधिमा सङ्लग्न व्यक्तिलाई लक्षित गर्न प्रयोग हुने मानवअधिकार समूहले बताएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार बेलारुसको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आममाफीसम्बन्धी आदेश राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले जारी गर्नुभएको हो। आममाफी पाउनेमध्ये २० जना महिला र १२ जना पुरुष रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)