कोशीको बजेट परिमार्जन हुन्छ: मुख्यमन्त्री कार्की
nagariknews.nagariknetwork.com · Mon Jul 13 14:00:44 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कोशी प्रदेशको बजेट परिमार्जन गरिने बताएका छन् । सोमबार विराटनगरमा आयोजित कोशी प्रदेश पूर्ण खोप सुनिश्चित र दीगोपना भएको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले बजेट पारित गर्नु अगाडि नै बजेट परिमार्जन गर्ने सहमति गरिएकाले प्रचलित कानुनको अधिनमा रहेर आगामि आर्थिक वर्ष २०८३/०८४को बजेट परिमार्जन गरिने स्पष्ट पारे । मुख्यमन्त्री कार्कीले भने‘बजेट निर्माणका क्रममा केहि तलमाथि भएकाले बजेट पारित गर्ने क्रममै परिमार्जन गर्ने सहमति गरिएकाले प्रचलित कानुनको अधिनमा रहेर बजेट परिमार्जन हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)