बाढीपीडितको राहतका लागि मह जोडीद्वारा २ लाख रुपैयाँ सहयोग
kendrabindu.com · Thu Aug 27 06:50:34 GMT 2026

काठमाडौं । रसुवा बाढीको बितण्डाका कारण देश संकटमा परेका बेला वरिष्ठ कलाकार जोडी ‘मह’ (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बाढीपहिरोका कारण देश रोइरहेको यो दुःखद घडीमा राजनीतिक पक्ष-विपक्षभन्दा माथि उठ्न आग्रह गर्दै उनीहरूले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो क्षमता र गच्छेअनुसार सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)