कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
barnanmedia.com · Tue Jul 14 23:04:04 GMT 2026

सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ स्थित प्रादेशिक अस्पताल जाने बाटोमा रहेको एक सैलुन पसलबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित मानिसहरूलाई नियन्त्रणमा लिएको छ । गत असार २८ गते सो सैलुन पसलमा कटुवा पेस्तोल राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले खानतलासी गर्दा भारतको बिहार राज्य जिल्ला सितामढी थाना बाजपट्टी ब्लक बाजपट्टी वडा नम्बर १२ स्थायी घर भई हाल मलंगवा नगरपालिका वडा नम्बर ८ अस्पताल रोडमा कपाल काट्ने सैलुन पसल सञ्चालन गर्ने लालबाबु ठाकुरको छोरा अन्दाजी ३८ वर्षीय राजेश कुमारको सैलुनमा हतियार फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)