पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसङ्घको प्रदर्शन
ekagaj.com · Fri Jan 21 15:56:27 GMT 2022
काठमाडौँ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले आज काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
मूल्य वृद्धिसँगै विद्यार्थी मारमा परेको भन्दै मूल्य वृद्धिको विरोधमा नेविसङ्घले हस्ताक्षरसमेत सङ्कलन गरेको छ । कोरोना सङ्कटमा सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको भन्दै सरकारलाई बुझाउनका लागि हस्ताक्षर सङ्कलन गरेको नेविसङ्घ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष आदर्श मल्लले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)